लामो समयपछि अभिनयमा फर्किंदै गणेश

काठमाडौँ – अभिनेता गणेश भट्टा लामो समयपछि म्युनजिक भिडियोमार्फत अभिनयमा फर्किएका छन्। ‘तिमी शब्द’ बोलको गीतबाट भट्ट अभिनयमा फर्कन लागेका हुन्।

माया प्रेममा आधारित गीतमा राजेश बुढाथोकीको शब्द, कविता श्रेष्ठ र जीवन विश्वकर्माको संगीत रहेको छ। गीतको निर्देशन सन्तोष पोखरेलले गरेका हुन् भने भट्टलाई अभिनयमा संगीता शाहीले साथ दिएकी छन्।

गीत यही भदौ २२ गते दिउसो ४ बजे समिश्रषण युट्युव च्यानलबाट सार्वजनिक हुने भएको छ। यसअघि भट्ट अभिनित मैसाब, जीवन साथी, तिमी त हौं, उज्यालो भो जुनले चर्चित गीत हुन्। यसका अलावा उनले दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसेका छन्।

‘रारा म्युजिक अवार्ड’, स्टार म्युजिक अवार्डलगायत थुप्रै अवार्ड जितिसकेका भट्टले केही समय सांगीतिक क्षेत्रमा टाढा रहे पनि पुन: निरन्तरता दिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?