विराजको ‘१२ गाउँ’ पनि दशैँको फूलपातीमै रिलिज गरिने

काठमाडौँ – यसपालिको दसैँको फूलपातीमा तीन नेपाली फिल्मको रोचक भिडन्त देखिएको छ ।

यसअघि  ‘ज्वाइँ साब’ र  ‘छक्का पञ्जा ५’को भिडन्त देखिएको सोही दिन बिराज भट्टको ‘१२ गाउँ’ पनि प्रदर्शनमा आउन लागेको हो । 

जितु नेपाल अभिनीत  ‘ज्वाइँ साब’ले असोज २४ गतेलाई रिलिज तोकेपछि यसलाई  ‘छक्का पञ्जा’ टिमबाट छुटेपछि जितु नेपाल र दीपकराज गिरिको व्यक्तिगत इगो कै रूपमा हेरिएको थियो । यहीबीचमा प्रतीक्षित एक्सन चलचित्र ‘१२ गाउँ’ले मिति तोके पछि यस पटकको दसैँ नेपाली फिल्मका लागि भिडन्तको अवसर बनेको हो । 

‘१२ गाउँ’ बिराज भट्टको निर्देशनमा बनेको फिल्म हो ।  नेपाली एक्सन फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य लिएको यस फिल्मबाट बिराजका छोरा समीर भट्टले डेब्यु गर्दैछन् ।  त्यस्तै यसबाट न्यान्सी खड्का र सनिशा भट्टराईले पनि यहि फिल्मबाट डेब्यू गर्दैछन्।

समीरले विगत १० वर्षदेखि भारतमा विभिन्न विधाहरूमा प्रशिक्षण लिँदै आएका छन्, जसले उनलाई एक्सन भूमिकामा विशेष आकर्षक बनाएको छ।

यस फिल्ममा बिराजको कथा, सन्तोष सरकारको पटकथा र संवाद लेखन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?