विराजको ‘१२ गाउँ’ मा न्यान्सी खड्काको इन्ट्री

काठमाडौँ– अभिनेता विराज भट्टका छोराले अभिनय गर्ने भनिएका कारण चर्चामा रहेको फिल्म ‘१२ गाउँ’ मा मिस नेपाल इन्टरनेशनल–२०२२ विजेता न्यान्सी खड्काले अभिनय गर्ने भएकी छिन् ।

विराटनगर घर भएकी न्यान्सीले मोडलिङ क्षेत्रमा काम गर्दै आएकी छिन् । अमेरिकाबाट आम सञ्चार विषयमा स्नातक गरेकी न्यान्सीले फिल्मको स्किृप्ट मन पराएर अभिनय समेत गर्ने सम्झौता भइसकेको बताइएको छ ।

यो फिल्ममा विराज भट्टका छोरा समीर भट्टले शीर्ष भूमिकामा अभिनय गर्नेछन् । केही समयअघि विराजका छोराले अभिनय गर्ने भएपछि यो फिल्मको चर्चा चुलिएको छ ।

फिल्म आगामी चैत्र १५ गतेदेखि छायांकनमा जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?