विवाहमा इस्लामिक प्रचलन नमानेको आराेपमा इमरान खान दम्पतीलाई ७ वर्षको जेल सजाय

काठमाडौँ – जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अर्को मुद्धा पनि जेल सजाय सुनाइएको छ । 

पाकिस्तानको एक अदालतले खान र उनकी श्रीमती बुशरा बिबीले विवाहमा इस्लामिक प्रचलनको उल्लङ्घन गरेको भन्दै सजाय सुनाइएको हो । 

खानकी पहिलो श्रीमती खावर मनेकाले दुई विवाहबिच अनिवार्य ब्रेक वा इद्दत पालना गर्ने इस्लामिक प्रचलनको उल्लङ्घन गरेको आरोप लगाउँदै यस सम्बन्धमा मुद्दा दायर गरेकी थिइन ।

यही मुद्दामा अदालतले खान र अहिलेकी श्रीमती दुवैलाई सात वर्षको जेल सजाय सुनाएको हो । खान यसै पनि  सेप्टेम्बर २०२३ देखि धेरै मुद्दाका कारण बन्दी अवस्थामा रहेका छन् ।

पूर्व पत्नी मनेकाले पनि खानमाथि विवाह अघि अतिरिक्त  वैवाहिक सम्बन्ध रहेको आरोप समेत लगाएकी थिइन ।

पाकिस्तानी समाचार संस्थाका अनुसार  शुक्रबार अदालतले थप साक्षीहरू पेस गर्न बचाव पक्षको अनुरोधलाई अस्वीकार गरेको थियो ।

गत बिहीबारको सुनुवाइका क्रममा अदालतमा इमरान खान र मनेकाबीच चर्को बहस भएको थियो र उनीहरूले एक अर्का विरुद्ध आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?