वेस्टहामविरुद्ध आर्सनलको प्रभावशाली जित

काठमाडौँ- आर्सनलले वेस्टहामविरुद्ध ५–२ को प्रभावशाली जित निकालेको छ। यो महत्त्वपूर्ण जितसहित आर्सनल इङ्लिस प्रिमियर सिपको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। खेलका सबै गोल पहिलो हाफमा भएका थिए।

१० औँ मिनेटमा बुकायो साकाको कर्नरलाई उपयोग गर्दै गाब्रयिल मगलहेसले आर्सनललाई अग्रता दिलाएका थिए । खेलको २७ औँ मिनेटमा साकाकै सहयोगमा लेन्ड्रो टोसार्डले अर्को गोल गरे । ३४ औँ मिनेटमा साकालाई लडाइएपछि पाएको पेनाल्टीलाई मार्टिन ओडेगार्डले गोलमा परिणत गरे।

३६ औँ मिनेटमा आर्सनलका काई हभार्टजले अर्को गोल थपे। त्यसको लगत्तै वेस्टहामका लागि आरोन वान बिसाकाले गोल गरेका हुन्। यो उनको लगातार दोस्रो गोल हो। ४० औँ मिनेटमा वेस्ट हामका एमरसन पालमिएरीले दोस्रो गोल गरे । पहिलो हाफको अन्त्यमा पाएको पेनाल्टीलाई बुकायो साकाले गोलमा परिणत गरेका थिए।

शनिबार भएको प्रियिमर सिपको अर्को खेलमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई ४–१ ले हरायो। नटिङघम फरेस्टले इप्सविच टाउनलाई १–० ले हराउँदा भने बोर्नमाउथलाई उल्भ्समाथिको खेलमा ४–२ को जित हात पारेको छ। क्रिस्टल प्यालेस र न्यु क्यशाल युनाइटेड बिचको खेलमा १–१ गोलको बराबरीमा सकियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?