सभापति कपमा मच्छिन्द्र र एपीएफ क्लब भिड्दै

काठमाडौँ- राजधानीमा जारी सभापति कपअन्तर्गत शुक्रबार मच्छिन्द्र क्लब र एपीएफ क्लब भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

हिजो भएको उद्घाटन खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

नकआउट लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेता टोलीले २६ लाख तथा उपविजेता टोलीले १३ लाख नगद प्राप्त गर्ने आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?