सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको कार्यालयमा पुग्यो प्रहरीको टोली

काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुरको कार्यालयमा पुगेको छ ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको हो । जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो ।

सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?