सुनको मुल्य सामान्य घट्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४९ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?