सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । 

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?