सुनको मूल्य घट्यो, कति छ बजार भाउ ?

काठमाडौं- नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रति तोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ। मूल्य घटेसँगै अहिले चाँदी प्रति तोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ९ सय ६५ रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?