सुनको मूल्य तोलामा एक हजारले वृद्धि, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६३ हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?