सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?