सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा तीन दिन देखि लगातार बढी रहेको सुनको मूल्य शुक्रबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?