सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ–  नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवारको तुलनामा आज सुनको मूल्य स्थिर भएको हो ।

यस्तै महासंघले चाँदीको मूल्य पनि घटबढ नभएको बताएको छ । आज बिहीवार चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?