सुनको मूल्य १५ सय रुपैयाँले घट्यो

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैबिच बिहीबार छापावाल सुनको मूल्य पनि घटेको छ ।

त्यस्तै, महासंघका अनुसार बुधबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?