सुनचाँदीको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको भाउ तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?