सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ । 

यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । 

यसअधि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?