सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।

यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२  हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १७५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?