जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लखनउविरुद्ध आरसिबीको ऐतिहासिक जित, फाइनल यात्राका लागि अब पञ्जाबसँग भिडन्त

काठमाडौँ– इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । 

लक्ष्य पछ्याउने क्रममा, RCB ले २२८ रनको विशाल लक्ष्य १८.४ ओभरमै ४ विकेट गुमाउँदै पूरा गर्‍यो। कप्तान जितेश शर्माले ३३ बलमा नटआउट ८५ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। विराट कोहलीले ३० बलमा ५४ रन, र मंयक अग्रवालले ४१ रनको योगदान दिए।

यसअघि लखनउका कप्तान ऋषभ पन्तले अविजित ११८ रनको शतकीय पारी खेले। मिचेल मार्शले ६७ रन जोडे। अब RCB ले पञ्जाब किंग्ससँग बिहीबार क्वालिफायर १ खेल्नेछ। यस्तै, एलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?