जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

काठमाडौँ – जिओ हटस्टारले भारत र इंग्ल्याण्डबीच अर्को महिना हुने टेस्ट सिरिजको डिजिटल प्रसारण अधिकार खरिद गरेको छ। तर, टेलिभिजन अधिकार भने अझै सोनी टिभीसँग छ। क्रिकबजको रिपोर्टका अनुसार जिओ र स्टारले सोनीसँग १ महिनाका लागि यो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

भारत र इङ्ल्यान्डबीचको ५ टेस्ट शृङ्खला आगामी जुन २० बाट सुरु हुदैँछ। खेलहरू सोनीमा टिभी र जियोहटस्टारमा अनलाइन प्रसारण हुनेछन्। आजकल आइपीएल पनि जिओहटस्टारमा प्रसारण भइरहेको छ।

सोनी र जियो स्टार बीचको अस्थायी सम्झौता अर्को वर्ष पनि जारी रहने जनाइएको छ भारतले २०२६ मा इंग्ल्याण्ड भ्रमणमा ३ ओडीआईसहित ५ वटा टि २० शृंखला पनि खेल्दैँछ । सम्झौता पछि यसका खेलहरू ओटिटी मार्फत जियो हटस्टारमा पनि देखाइने छ।

सोनी टिभीले गत वर्ष मात्रै इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को प्रसारण अधिकार किनेको थियो। सन २०३१ सम्म सो अधिकार रहेको छ। यस अन्तर्गत भारतीय दर्शकहरूले इङ्गल्याण्डमा हुने सबै क्रिकेट खेलहरू सोनीमा मात्र हेर्न सक्नेछन्। जियो, स्टार र सोनी बीचको नयाँ सम्झौतामा इसिबीले पनि ठूलो भूमिका खेलेको जनाइएको छ ।

भारत र इंग्ल्याण्डबीचको टेष्ट शृंखलाको पहिलो खेल जुन २० देखि लिड्समा हुनेछ। दोस्रो टेस्ट जुलाई २ देखि बर्मिङ्घममा, तेस्रो टेस्ट जुलाई १० देखि लर्ड्समा, चौथो टेस्ट जुलाई २३ देखि म्यानचेस्टरमा र पाँचौं र अन्तिम टेस्ट लन्डनको ओभल मैदानमा जुलाई ३१ देखि अगस्ट ४ सम्म हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?