जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आईपीएल २०२५: आजको क्वालिफायर–१ मा पञ्जाब र बेंगलुरु भिड्दै

काठमाडौँ – आईपीएल २०२५ को क्वालिफायर–१ आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच मुल्लांपुरस्थित महाराजा यादवेंद्र सिंह अन्तर्राष्ट्रिय स्टेडियममा हुँदैछ।

पहिलो क्वालिफायरमा पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आज साँझ ७:45 बजे न्यू चण्डीगढमा प्रतिस्पर्धा गर्दैछन्। लिग चरणमा पञ्जाब शीर्ष स्थानमा रहँदा बेंगलुरु दोस्रोमा थियो।

दुवैको १९ अंक भए पनि पञ्जाब नेट रनरेटमा अघि रह्यो। आजको विजेता सिधा फाइनलमा पुग्नेछ भने पराजित टोलीले इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

दुवै टोलीले यस सिजन एक–एक खेल जितिसकेका छन्। पञ्जाबका ओपनर प्रभसिमरन र प्रियांशले ९२३ रन जोडेका छन् भने कप्तान श्रेयस अय्यरले ५१४ रन बनाएका छन्। बलिङमा अर्शदीप सिंहले १८ विकेट लिएका छन्।

बेंगलुरुका विराट कोहलीले ६०२ रन बनाएका छन् भने बलिङमा जोश हेजलवुडले १८ विकेट लिएर प्रभाव छोडेका छन्। आजको खेलको विजेता सिधा फाइनलमा पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?