जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रियाल मड्रिड फेरि पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब

काठमाडौँ- रियाल मड्रिडले लगातार चौथो वर्ष विश्वकै सबैभन्दा धनी फुटबल क्लबको उपाधि कायम राखेको छ। फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पत्ति ६.६ अर्ब अमेरिकी डलर पुगेको छ।

सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गर्दै रियाल एकै सिजनमा एक अर्ब डलर कमाउने पहिलो क्लब पनि बनेको छ।

फोर्ब्सको सूचीमा समान सम्पत्तिसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ, जसले सोही सिजनमा ८३ करोड ४० लाख डलर आम्दानी गरेको थियो।

तेस्रोदेखि दशौं स्थानसम्म क्रमशः बार्सिलोना, लिभरपुल, म्यानचेस्टर सिटी, आर्सनल, टोटनह्याम, चेल्सी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पीएसजी) रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?