जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल जेठ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १९ गते सोमबार। जेठ शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सहकार्यमा गरेको कामबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन सामान्य छ। राज्यका तर्फबाट भय र त्रास बढ्नेछ। काम गर्दा सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। सहकार्य गरेर अगाडि बढ्नुपर्ने छ। मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। मन अशान्त बन्ने जोखिम छ। काममा अवरोध हुनेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। सोचेको राम्रो काम बन्नेछ। व्यापारमा नाफा हुनेछ। धन आर्जन हुने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : तपाईंको राशिमा चन्द्रमा आएकाले मन प्रशन्न हुनेछ। योजना अनुसार मिहिनेत गरेमा काम बन्नेछ। लामो यात्रा नगर्नु उचित होला। आम्दानीका लागि ठुलो मिहिनेत गर्नुपर्ने दिन छ।

कन्या : आज तपाईंको खर्च बढ्नेछ। जिम्मेवारी थपिने छ। मन अशान्त हुने जोखिम छ। मिहिनेत गरेमा व्यापारमा फाइदा हुनेछ। सोचेको काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर हुने देखिन्छ।

तुला : आम्दानी बढ्ने योग छ। लामो समयदेखि खोजेको आम्दानीका स्रोत पत्ता लाग्नेछ। काममा भने मिहिनेत आवश्यक देखिन्छ। शिक्षाको क्षेत्रमा अझ श्रम गर्नुपर्ने योग छ।

वृश्चिक : दिन सामान्य छ। एकमाथि अर्को काम थपिएर झन्झट बढ्नेछ। राज्यको माथिल्लो तहको त्रास बढ्नेछ। धेरै अवरोध भए पनि परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीभाइले साथ दिनेछन्।

धनु : दिन राम्र्रो छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो छ। संकटमा साथीले साथ दिनेछन्। आम्दानीका स्रोत बढ्ने योग छ। परिवारको साथ र सहयोगले मनमा उत्साह बढ्नेछ।

मकर : दिन सहज छ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। धन सञ्चित गर्ने समय छ। साथीसँगको सहकार्यमा गरेको काम सफल बन्ला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन समस्यापूर्ण भएकाले आज तपाईंले परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने छ। विपक्षीले सताउने भएकाले सचेत भएर काम गर्नुपर्नेछ। हरेक ठाउँमा अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने बाध्यता आइलाग्नेछ।

मीन : दिन सामान्य छ। आफन्तले सहयोग भन्दा असहयोग बढी गर्नेछन्। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। छोटो तर रमाइलो यात्रा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?