जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आईपीएल फाइनल आज : आरसिबी र पन्जाबबीच उपाधिका लागि प्रतिस्पर्धा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल खेल आज मंगलबार हुँदैछ। उपाधिका लागि रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ७:४५ बजे अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ।

दुबै टोली यसअघि चार–चार पटक फाइनलमा पुगेका भए पनि उपाधि हात पार्न सकेका छैनन्। आजको खेल दुबै टिमका लागि पहिलो आईपीएल उपाधि जित्ने ऐतिहासिक अवसर हो।

आरसिबीका स्टार खेलाडी विराट कोहलीले यस सिजन पनि उत्कृष्ट प्रदर्शन गर्दै ५०० भन्दा बढी रन बनाइसकेका छन्। टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जितेका कोहलीका लागि यो आईपीएल उपाधि व्यक्तिगत रूपमा पनि निकै महत्त्वपूर्ण हुनेछ।

पन्जाब किङ्सका लागि कप्तान श्रेयस ऐयारको नेतृत्व, प्रशिक्षक रिक्की पोन्टिङको प्रेरणा र युवा भारतीय खेलाडीहरूको विस्फोटक प्रदर्शन टिमको बलियो पक्ष बनेको छ। पहिलो क्वालिफायरमा आरसिबीसँग पराजित भएको पन्जाबले दोस्रो क्वालिफायर पार गर्दै फाइनलमा स्थान बनाएको हो।

आजको रोमाञ्चक भिडन्तमा क्रिकेट प्रेमीहरू उत्साहित छन्, र दुबै टोली आफ्नो पहिलो उपाधि जित्ने लक्ष्यमा दृढ छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?