जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शाहिदले विराटको नक्कल गरेको भिडिओ भाइरल

काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। शुक्रबारदेखि हलमा उनी अभिनीत फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ प्रदर्शनमा आएको छ। फिल्ममा उनीसँगै अभिनेत्री कृति सेननको मुख्य भूमिका छ।

फिल्मको प्रचारपसार सकिएपछि उनले क्रिकेटर विराट कोहलीको एक भिडिओमा नक्कल गरेका छन्। उनले आफ्नो इन्स्टाग्राममा उक्त भिडिओ सेयर गरेका छन्। यो भिडिओ अहिले भाइरल भइरहेको छ। उनले फिल्मको प्रमोशन सकिएको भाव भन्दै यो भिडिओ सेयर गरेका छन्।

केही महिनाअघि विराटले अन्तरवार्तामा आफ्नो खानपान दैनिकको बारेमा बोलेका थिए। यसपछि उनको त्यो बोलेको कुरामा सामाजिक सञ्जालमा चर्चा पाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?