जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल जेठ २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २१ गते बुधबार। जेठ शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ जुन ४ तारिख। जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य राम्रो छ। साथीभाइको व्यवहार देखेर मन दुख्ने छ। स्वास्थ्यले साथ दिनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको व्यापारको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : बौद्धिक क्षमताको विकास हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जतको बढुवा हुनेछ। विरोधको आवाज चर्को सुनिए पनि साथीभाइको साथ मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।

कर्कट : सहकार्यमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक पर्ने भएकाले धैर्य बन्नुपर्नेछ। राज्यको काममा गरेको लगानीबाट घाटा हुनेछ। हरेक काममा धेरै श्रम गर्नुपर्ने बाध्यता आइपर्न सक्छ।

सिंह : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेट र छलफलले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन खुशी हुनेछ। राम्रो समाचार सुन्न पाइने छ। परिवारकै कारण कामको बोझ थपिने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

तुला : राजनीतिक क्षेत्रमा घाटा हुनेछ। मिहिनेत गरे पनि फाइदा अरुले नै लिने जोखिम छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको समस्या बुझ्न नसक्दा मनमा चिन्ता बढ्नेछ।

वृश्चिक : दिन नै राम्रो छ। सञ्चित धन बढ्नेछ। लगानी गर्न हिम्मत गरेमा आम्दानी बढ्नेछ। रोगलाई सामान्य ठान्ने बानीले ठुलो जोखिम सिर्जना हुनसक्ने खतरा देखिन्छ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ।

धनु : आम्दानीका दृष्टिले तपाईंका लागि आजको दिन राम्र्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंलाई कमजोर बनाएर विरोध गर्ने साथी धेरै भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मकर : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए निजी क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। भूमि सम्बन्धी कारोबारमा झुक्याउने साथीसँग सचेत बन्नु उचित हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कुम्भ : दिन सामान्य छ। अन्त्य साढेसाती दशाका कारण सञ्चित धन खर्च हुनेछ। परिणाम दुःखदायी भए पनि तपाईंको इज्जतमा कसैले प्रश्न गर्न सक्दैन। संकटमा परिवारसँग सल्लाह लिनु उपयुक्त हुन्छ।

मीन : मध्य साढेसाती दशा भएकाले आफूले आफैंलाई बुझ्नुपर्ने समय आएको छ। धार्मिक कार्यमा सहभागी भएर मात्र अन्य कामको सुरुवात गर्नु उचित हुनेछ। संकटमा परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?