जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल स्कटल्यान्डको डुन्डेमा दिउँसो ३:४५ बजे शुरू हुनेछ।

त्रिदेशीय एकदिवसीय शृङ्खलाको अघिल्लो खेलमा नेपालले स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको थियो। सो जितपछि नेपालले १३ खेलमा ८ अंक जोड्दै लिग–२ को तालिकामा सातौँ स्थानमा छ। नेदरल्यान्ड्स भने २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा रहेको छ।

नेपालले लिग–२ अन्तर्गत अझै स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग थप खेलहरू खेल्न बाँकी छ। लिगपछि असार १ गतेदेखि त्रिदेशीय टी–२० शृङ्खला शुरू हुने तालिका छ।

लिगको अन्त्यमा शीर्ष ४ टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने पुछारको ४ टोलीले छनोट प्लेअफ खेल्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?