जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेता विक्की सुटिङका ​​क्रममा घाइते, हातमा प्लास्टर !

काठमाडौं – बलिउडका स्टारहरू फिल्ममा एक्सन सिन सुटिङका ​​क्रममा घाइते हुने गरेका छन् । बलिउड अभिनेता विक्की कौशलको पनि यस्तै भएको छ । अभिनेता विक्की सुटिङको सेटमा घाइते भएकाले अब केही दिन काम गर्न पाउने छैनन् ।

केही दिनअघि फिल्म ‘छावा’ को सुटिङ गरिरहेका बेला विक्की घाइते भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । फिल्मको इन्टेन्स एक्सन सिक्वेन्सको सुटिङका क्रममा उनलाई यो चोट लागेको स्रोतले जनाएको छ ।

हालै सेलिब्रेटी फोटोग्राफर विरल भयानीले विक्की कौशलको एउटा भिडिओ सेयर गरेका छन्, जसमा उनको बायाँ हात प्लास्टर गरिएको देखिन्छ।

भिडियोमा उनी कारबाट निस्किएर घरतर्फ लागेका छन्। उनको यो भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।विक्की कौशलको हातमा प्लास्टर देखेपछि फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

लक्ष्मण उत्रकरको यस फिल्ममा विक्कीसहित रश्मिका मन्दानाको मुख्य भूमिका हुनेछ। विक्की र रश्मिका पहिलोपटक स्क्रिन सेयर गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?