जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल जेठ २७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २७ गते मंगलबार। जेठ शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जुन १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : आफ्नै बोलीले अप्ठेरो परिस्थितिको सिर्जना हुने जोखिम छ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ। व्यापारमा लगानी भए फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक छ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

वृष : दिन राम्रो छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। धन बढ्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। विपक्षीको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ।

मिथुन : आज तपाईंले समयको महत्त्व बुझ्नुपर्ने छ। यात्राले खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। धार्मिक क्षेत्रमा मन जानेछ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नु उचित हुनेछ।

कर्कट : शिक्षामा सुधारका संकेत देखिने छन्। धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ।

सिंह : तपाईंले आज प्राप्त उपलब्धिमा रमाउनुपर्ने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्या : परिवारको बोझले सताउने दिन छ। व्यापारमा सहकार्य गरेमा फाइदा हुनेछ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुने दिन छ। स्वास्थ्यले साथ दिएमा मन प्रफुल्ल हुनेछ।

तुला : विपक्षी साथीको साथ मिल्नेछ। राजनीतिमा प्रगति हुनेछ। समयमा मनको कुरा सार्वजनिक नगर्दा साथीसँगको सम्बन्ध संकटमा पर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : चन्द्रमा तपाईंको राशिमा आइपुगेका छन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा धोका हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ।

धनु : अनावश्यक यात्रामा धन र समय खर्च हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारबाट असहयोग हुने जोखिम छ। गुरुसँग सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

मकर : दिन राम्रो छ। आजको योजना दीर्घकालसम्म टिक्ने छ। खर्च गर्नु अगाडि तीन पटक सोच्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा बनाएको योजना सफल बन्नेछ। विपक्षीको साथ मिल्नेछ।

कुम्भ : भाग्यको स्थानमा चन्द्रमा पुगेकाले राम्रो कामको सुरुवात हुनेछ। अन्त्य साढेसाती दशा चलेकाले शनिदेवको अवस्था अनुसार निर्णय गर्नुपर्ने हुन्छ। शनिदेवको अवस्था बुझ्न जन्म कुण्डली देखाउनु आवश्यक हुन्छ। शिक्षामा मिहिनेतको खाँचो देखिन्छ।

मीन : दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। साथीभाइसँग बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?