जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्वकप यात्रा: अर्जेन्टिना र कोलम्बियालाई बराबरीले रोक्यो

जोयनेपाल
0
Shares
JPG converted with https://ezgif.com/webp-to-jpg

काठमाडौं- दक्षिण अमेरिकी समूहको विश्वकप छनोट अन्तरगत बुधबार भएको अर्जेन्टिना र कोलम्बियाको खेल बराबरीमा सकिएको छ।

खेल २४ औँ मिनेटमा लुइस डियाजको गोलमा कोलम्बियाले अग्रता लिएको थियो। पहिलो हाफसम्म अग्रतालाई कायम राखेको कोलम्बियाले दोस्रो हाफमा एक गोल खाएको हो।

घरेलु टोली अर्जेन्टिनाका लागि ८१ औँ मिनेटमा थिएगो अल्माडाले बराबरी गोल गरेका हुन्। विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको १६ खेलमा ३५ अङ्क छ। अर्जेन्टिना यसअघि नै छनोट भइसकेको छ। कोलम्बियाको १६ खेलमा २२ अङ्क छ।

दुई खेल बाँकी रहँदा छैटौँ स्थानको कोलम्बियाले सातौँ स्थानको भेनेजुएलालाई ४ अङ्कले पछि पारेको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?