जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं– हङकङसँगको मैत्रीपूर्ण फुटबल खेल तथा एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेल खेलेर नेपाली फुटबल टोली स्वदेश फर्किएको छ ।

टोली बुधबार राति नेपाल आइपुगेको हो । टोलीलाई एन्फाका पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेपालले मैत्रीपूर्ण खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो । एसियन कप छनोटमा भने नेपाल लाओससँग पराजित भयो ।

घरेलु मैदानमा लाओसले नेपाललाई २-१ गोलअन्तरले हराएको थियो । नेपाल लाओससँग पहिलोपटक पराजित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?