जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल जेठ ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३० गते शुक्रबार। असार कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ जुन १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। लामो यात्रा सफल हुनेछ। भाग्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ।

वृष : स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा विपक्षी शक्तिशाली भएकाले सचेत बन्नुपर्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। शिक्षामा प्रगति हुनेछ।

मिथुन : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटन क्षेत्रको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कर्कट : दिन सामान्य राम्रो छ। तपाईंमाथि पारिवारिक जिम्मेवारी थपिने छ। राजनीतिमा फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ला।

सिंह : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। रचनात्मक काम र कलाकारिताको क्षेत्रमा मन आकर्षि हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। मन निराश बन्नेछ। पारिवारिक कारणले मनमा चिन्ता थपिने छ। कम बोल्नु राम्रो हुनेछ। रिस उठिहाले पनि शान्त बन्नुपर्ने दिन छ।

तुला : आफन्तको सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उपचारमा भए रोग पहिचान हुनेछ। परिवारको साथले तपाईंलाई उत्साहित बनाउने छ।

वृश्चिक : उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेकाले सम्पत्ति आर्जन हुनेछ। प्राविधिक शिक्षामा गरेको कार्यबाट सफलता मिल्नेछ। परिवार भित्र पनि गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

धनु : तपाईंकै राशिमा चन्द्रमा रहेकाले मन शान्त रहनेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। राम्रो भएर घुम्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : गलत ठाउँमा आज तपाईंको धन र ऊर्जा खर्च हुनेछ। राजनीतिमा विरोधीले गलत आरोप लगाउने छन्। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु उचित होला।

कुम्भ : दिन सामान्य राम्रो छ। आफन्तसँगको भेटले मनमा सन्तुष्टि मिल्नेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। अन्त्य साढेसातीको प्रभावले मन अशान्त बन्ने जोखिम हुन्छ।

मीन : आफ्नो भाग्यको फैसला आफैंले गर्नुपर्ने समय आएको छ। एकपछि अर्को पारिवारिक बोझले सताउने छ। स्वास्थ्यको क्षेत्रमा लाभ हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?