जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अगस्त्यको रोमान्टिक गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक

काठमाडौं – भ्यालेन्टाइन्स डेको अवसर पारेर प्रदर्शको तयारीमा रहेको फिल्म ‘अगस्त्यको रोमान्टिक गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक भएको छ । फिल्म फागुन १८ गतेदेखि यहि मितिमा नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको तयारीमा छ ।

गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ । योगीको संगीत रहेको गीतमा सबिन एकतारेको शब्द छ । गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झालगायत फिचर्ड छन् ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरि, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ ।

फिल्मको ट्रेलर र गीतले दर्शकलाई कौतुहल तुल्याउने निर्देशक चौधरीले बताए । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता, तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?