जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्रिस्टियानो रोनाल्डो ई-स्पोर्ट्स विश्वकप २०२५ का ग्लोबल ब्रान्ड एम्बासडर

काठमाडौं- ई-स्पोर्ट्स विश्वकप फाउन्डेशनले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सन् २०२५ मा हुने ई-स्पोर्ट्स विश्वकपको ग्लोबल ब्रान्ड एम्बासडर घोषणा गरेको छ।

फाउन्डेशनले रोनाल्डोको सहभागिता ई-स्पोर्ट्सको लोकप्रियता बढाउने र परम्परागत खेलकुदसँगको सम्बन्ध मजबुत बनाउने लक्ष्यसहित गरेको बताएको छ।

रोनाल्डोले ‘राइज एबभ’ भन्ने नाराको प्रवर्द्धन गर्दै विश्वकपको अभियान नेतृत्व गर्नेछन्। उनले ई-स्पोर्ट्सलाई परिश्रम, लगन र साहसको प्रतीक बताउँदै भविष्यका खेलाडीलाई प्रेरित गर्ने बताएका छन्।

ई-स्पोर्ट्स विश्वकप २०२५ मा २ हजार खेलाडी, २०० क्लब र १०० देश सहभागी हुनेछन्। प्रतियोगितामा २५ इभेन्ट र २४ खेलसहित ७ करोड डलरभन्दा बढी पुरस्कार राशी हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?