जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गोलबजारमा आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीको उपचार

सिरहा – सिरहाको गोलबजार नगरपालिका १० को कार्यालय तथा भुमिजा हस्पिटल गोलबजारको संयुक्त आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गाेलवजार १० स्थितको आधारभुत स्वास्थ्य सेवा केन्द्रले शनिबार आयोजना गरीएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा महिला तथा पुरुषगरी जम्मा २ सय ५४ जनाले स्वास्थ्य परीक्षण गराएको हो।

स्वास्थ्य शिविरमा विभिन्न उमेर समूहका २ सय ५४ जना सेवाग्राहीले लाभ लिएका छन्। शिविरमा विशेष गरी महिलाको स्वास्थ्य परीक्षण, ओपीडी सेवा, विशेषज्ञ डाक्टरको परामर्श, मधुमेह तथा रक्तचाप जाँच, निःशुल्क औषधि वितरण लगायतका सेवा प्रदान गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख इन्द्रजित साहले जनाएको छ।

गाँउ स्तरमै स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै समुदायलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको वडा नम्वर १० का अध्यक्ष उपेन्द्र मुखियाले बताए। उनले भने, ‘स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा वडावासीको पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रम गरेको बताए। यसले वडाभरीका जेष्ठ नागरिक, विपन्न परिवार लगायतले लाभ लिएका छन्। उनले भने, ‘वडाको आयोजनामा निःशुल्क शिविर आयोजना गरिएको थियो, जसमा विरामीहरुलाई औषधीपनि निःशुल्क उपलब्ध गराइएको छ।’

शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रादेशिक अस्पताल लहानमा कार्यरत डाक्टर कुसुम यादव, डाक्टर आन्नद साह र डाक्टर ध्रमेन्द्र यादव सहित ३ विशेषज्ञ र ११ जना स्वास्थ्यकर्मीसहित १४ जना उपचारमा सम्लग्न रहेको आयोजकले बताएको छ।

कार्यक्रममा विभिन्न स्थानीय समाजसेवी र स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। गाँउमै प्राथमिक उपचार गराउन पाउँदा स्थानीयवासीहरु हर्षित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?