जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपलको लगातार दोस्रो जित

काठमाडौं। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।

बिहीबार ग्लासगोमा सम्पन्न खेलमा नेपालको जित ओपनर कुशल भुर्तेलको अर्धशतक र सन्तुलित टोलीगत योगदानको बलमा सम्भव भयो। टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको थियो। उसको इनिङ्सको आकर्षण बने माइकल लेभिट, जसले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८६ रनको इनिङ्स खेले। रोइलोफ भान डेर मार्वेले ३६ रनको सहयोगी पारी खेले।

नेपालका लागि करण केसीले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले समान एक–एक विकेट लिए।

जवाफमा नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। कुशल भुर्तेलले ५१ बलमा ६ चौकासहित ६१ रन बनाएर इनिङ्सलाई सशक्त सुरुआत दिए। आरिफ शेखले ३९ रन बनाए, यद्यपि उनी रिटायर्ड हर्ट हुन पुगे। भीम सार्कीले २७ रन बनाए भने दीपेन्द्रसिंह ऐरी र लोकेश बमले अन्त्यमा संयमित ब्याटिङ गर्दै नेपाललाई जितको गन्तव्यमा पुर्‍याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?