जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कोसेढुङ्गा’ नेपालसहित ४० देशभन्दा धेरैमा एकसाथ रिलिज हुने तयारीमा

काठमाडौँ – आगामी भदौ १२ गतेदेखि प्रदर्शनका लागि तय भएको चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र कोसेढुङ्गा नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुने जनाइएको छ ।

चलचित्रलाई प्याट्रिक सेभेन सिज इन्टरनेसनलले अन्तरराष्ट्रिय बजारमा वितरण गर्दैछ । “हाम्रो चलचित्र ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शन हुँदैछ, थप देशमा प्रदर्शनका लागि वितरकसँग कुरा भइरहेको छ”, निर्देशक पौडेलले भने ।

नेपाली सिनेमाकै इतिहासमा यो चलचित्र एकै साथ ४० भन्दा बढी देशमा रिलिज हुन लागेको सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?