जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बिहान खाली पेट एउटा काँचो लसुन खाँदा १० अनमोल लाभ

काठमाडौँ – एक अध्ययनका अनुसार बिहान उठ्नेबित्तिकै, खाली पेटमा एउटा काँचो लसुन खाने बानीले स्वास्थ्यलाई फाइदा हुनेछ । बिहान खाली पेट एउटा काँचो लसुन हाम्रो शरीर, मन र स्वास्थ्यको लागि एउटा चमत्कारी वरदान बन्न सक्छ।

तपाईले पनि आज बाट नै सुरु गर्नुस्, हरेक दिन बिहानको नयाँ बानी – एक गिलास मनतातो पानी, र एउटा काँचो लसुन। त्यो लसुन – तपाईलाई केवल रोगमुक्त बनाउने होइन, तपाईलाई आफैसँग नजिक बनाउने पहिलो पाइला हो।

खाली पेटमा एउटा काँचो लसुन खानुका १० फाइदा

रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउँछ लसुनले शरीरमा रोगसँग लड्ने इम्युन सिस्टम बलियो बनाउँछ। नयाँ रोग, भाइरस, संक्रमण टाढा रहन्छ।

रगत सफा गर्छ, मुटु स्वस्थ राख्छ लसुनले रगतमा भएको फोहोर तत्व हटाउँछ,रक्तचाप नियन्त्रण गर्छ, मुटु रोगको खतरा घटाउँछ।

पाचन प्रणालीलाई सशक्त बनाउँछ खाली पेटमा लसुन खाँदा पेट सफा हुन्छ, ग्यास, अपच, कब्जियत, बान्ता जस्ता समस्या हराउँछ।

कोलेस्टेरोल घटाउँछ लसुनले शरीरमा रहेको नकारात्मक बोसो घटाउँछ, धमनी बन्द हुने सम्भावना कम गर्छ।

क्यान्सर र ट्युमरको खतरा घटाउँछ अनुसन्धानले देखाउँछ – लसुनमा पाइने एलिसिन नामक तत्वले क्यान्सरजन्य कोषहरूसँग लड्ने क्षमता राख्छ।

सासप्रश्वास प्रणाली सुधार गर्छ श्वासप्रश्वासमा समस्या हुने, दम, एलर्जी हुनेहरूले लसुन खान थालेपछि सुधार देखिन्छ।

जिगर र मिर्गौलालाई मजबुत बनाउँछ लसुनले शरीरको विषाक्त पदार्थ निकाल्न सहयोग गर्छ, जिगर र मिर्गौला सफा रहन्छ।

तौल घटाउने प्रक्रिया सुरू गर्छ लसुनले शरीरको बोसो जलाउने प्रक्रिया सुरु गर्छ, तौल घटाउन चाहनेका लागि उत्कृष्ट घरेलु उपाय।

छालालाई चम्किलो र रोगमुक्त बनाउँछ भित्रैदेखि सफा शरीरले छालामा चमक, रौँ सफा बनाउँछ।

तनाव, चिन्ता, मानसिक थकान घटाउँछ लसुनले मानसिक सन्तुलनमा सुधार ल्याउँछ, तनाव र डिप्रेशन घटाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?