जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय २२ दशमलव २८ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २८ कम्पनीको एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७४ हजार ७५२ पटक खरिदबिक्री हुँदा रु सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी बैंकिङ दुई प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक एक दशमलव ६१, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन शून्य दशमलव शून्य नौ, जलविद्युत् शून्य दशमलव ५४, लगानी शून्य दशमलव ३२ र जीवन बिमा समूह शून्य दशमलव ८२ प्रतिशतले बढेको छ । लघुवित्त समूह एक दशमलव ५८, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार शून्य दशमलव २७ र अन्य समूह एक दशमलव ३५ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच दशमलव ५७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी साहस ऊर्जा लिमिटेडको रु ५७ करोड ८६ लाख ८८ हजार २०२ बराबरको नौ लाख ७५ हजार ५९८ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?