जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

असार २२ देखि पञ्चमहालक्ष्मी मन्दिरमा ज्ञान महायज्ञ हुने

भक्तपुर – चाँगुनारायण नगरपालिकाको छालिङमा यही असार २२ देखि आगामी कात्तिक १९ गतेसम्म चातुर्मास्य ज्ञानमहायक्ष सञ्चालन हुने भएको छ ।

श्रीवन धाममा रहेको पञ्चमहालक्ष्मी मन्दिरको अक्षयकोष स्थापनाका लागि उक्त यज्ञ हुन लागेको हो । सङकल्पकर्ता अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, आचार्य सुदर्शन बडाललगायतले कथा वाचन गर्नेछन् ।

असार महिनाको हरिशयनी एकादशीमा आरम्भ भइ कात्तिक महिनाको हरिबोधिनी एकादशीपछिको पूर्णिमासम्म यज्ञ सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिका संयोजक स्वामी श्रीवासुदेव प्रपन्नाचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?