जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिफा क्लब विश्वकप: युभेन्ट्सलाई हराउँदै रियल मड्रिड क्वार्टरफाइनलमा

काठमाडौं– अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबल प्रतियोगितामा स्पेनको प्रसिद्ध क्लब रियल मड्रिडले इटालीको युभेन्ट्सलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गएराति सम्पन्न अन्तिम १६ को खेलमा रियल मड्रिडले युभेन्ट्सलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

खेलको दोस्रो हाफको ५४औं मिनेटमा गोन्जालो गार्सियाले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। रियल मड्रिडले खेलभरि आक्रामक प्रदर्शन गर्दै थुप्रै मौका बनाए पनि युभेन्ट्सका गोलकिपर ग्रिगेरियोको उत्कृष्ट बचाउका कारण थप गोल गर्न सकेन।

उता युभेन्ट्सले पनि केही अवसरहरू पाएको भए पनि तीलाई गोलमा परिणत गर्न असफल रह्यो। अब रियल मड्रिडले सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बोरुसिया डर्टमुन्ड र मेक्सिकन क्लब मोन्टेरेबीचको विजेतासँग भिड्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?