जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वैभव सूर्यवंशीको आक्रामक ब्याटिङमा भारत यु-१९ को रोमाञ्चक जित

काठमाडौं – वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङ प्रदर्शनको मद्दतले भारत यु-१९ टोलीले इंग्ल्यान्ड यु-१९लाई चार विकेटले पराजित गर्दै पाँच खेलको एक दिवसीय शृङ्खलामा २-१ को अग्रता लिएको छ।

तेस्रो एक दिवसीय खेल वर्षाका कारण ४० ओभरमा झारिएको थियो। इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर २६८ रन बनायो। जवाफमा भारतीय टोलीले ३३ बल बाँकी छँदै ६ विकेटको क्षतिमा २७४ रन बनाउँदै लक्ष्य पार गर्‍यो।

भारतका लागि वैभव सूर्यवंशीले अविश्वसनीय प्रदर्शन गर्दै ३१ बलमा ६ चौका र ९ छक्कासहित ८६ रन बनाए। उनी आठौँ ओभरको अन्तिम बलमा अलेक्जेन्डर वेडको बलमा आउट भए। सूर्यवंशीको आक्रमणकै कारण भारतले लक्ष्य सजिलै भेट्टायो।

भारतका अन्य खेलाडीमध्ये विहान मलहोत्राले ३४ बलमा ४६ रन, कनिश्क चौहानले ४३ रन, र आर एस अम्बरिसले ३१ रनको योगदान दिए।

इंग्ल्यान्डका तर्फबाट कप्तान थोमस रेउले सानदार ब्याटिङ गर्दै ४४ बलमा नटआउट ७६ रन बनाए, जसमा ९ चौका र ३ छक्का समावेश थिए।

बलिङतर्फ भारतका कनिश्क चौहानले ८ ओभरमा ३० रन दिँदै ३ विकेट लिएर महत्वपूर्ण भूमिका खेले। यो जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २-१ को अग्रता बनाएको छ। बाँकी दुई खेल निर्णायक हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?