जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बोसो घटाउन सुत्नुअघि यी पेय पदार्थ पिउनुहोस्, फाइदा हुनेछ

काठमाडौँ – पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् ।

धेरै मानिसहरू सोच्छन् कि सुत्दा हाम्रो शरीरको बोसो घटाउन सकिँदैन, तर त्यस्तो होइन, बरु राती सुत्दा पनि तपाईंको बोसो हटाउन सकिन्छ। जसको लागि तपाईंले यी पेय पदार्थहरू सेवन गर्नुपर्छ।

केही सजिला तरिकाहरु यस्ता छन्

एलोभेराको जुस
एलोभेरामा पाचन शक्ति बढ्छ र शरीरलाई डिटोक्स गर्छ। यो छाला र पेट दुवैको लागि फाइदाजनक छ।

बेसारको दूध
बेसारमा करक्यूमिन तत्व हुन्छ, जुन एन्टी-इन्फ्लेमेटरी हुन्छ र मेटाबोलिज्मलाई सक्रिय बनाउँछ। यसले तौल घटाएर प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।

मेथी पानी
मेथीको दानाले शरीरको बोसो पगाल्न मद्दत गर्छ। यो पेय पदार्थले प्राकृतिक रूपमा मेटाबोलिज्मलाई तीव्र बनाउँछ।

दालचिनी पानी
दालचिनीमा एन्टी-अक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन्। जसले तपाईंको रगतमा चिनी नियन्त्रण गर्छ।

मनतातो कागती पानी
कागती पानीमा भिटामिन सी हुन्छ, जसले मेटाबोलिज्मलाई गति दिन्छ। यसले शरीरलाई डिटोक्स गर्छ र पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?