जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८२ साल असार २० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २० गते शुक्रबार। असार शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ जुलाई ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। परिवारसँग तीर्थयात्राको तय हुनेछ। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा मन प्रशन्न हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य प्राप्त हुनेछ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : हरेक कुरामा अवरोध हुने जोखिम छ। विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ। स्वास्थ्यले साथ दिँदा मन शान्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर गुम्ने जोखिम छ।

कर्कट : परिवारमा कामको बोझ थपिने छ। सानो कुराले आक्रोश बढ्नेछ। सचेत भएर बोल्नु उचित हुन्छ। शिक्षामा ढिलासुस्ती हुनेछ। राज्यका तर्फबाट भय बढ्नेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। दान दिएर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कन्या : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। हरेक काममा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको माथिल्लो निकायबाट सेवाको अवसर मिल्नेछ।

तुला : दिन राम्रो छ। महत्त्वपूर्णा निर्णय लिने समय छ। राम्रो कुरामा अगाडि बढ्ने हिम्मत गर्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। सरकारी सेवामा भए पदोन्नती हुनेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। परिवारसँग सल्लाह गरेर मात्र काम गर्नु उचित हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्ने छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पठनपाठनमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथी शान्त भएकाले तपाईंको काम सहजै बन्ने छ।

मकर : दिन राम्रो छ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गर्नु भएको भए वैदेशिक रोजगारीको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको प्रयोग गर्न नपाए पनि स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : दिन सामान्य छ। सानो कुराले मन भारी हुनेछ। एकल निर्णय लिनुभन्दा साथीसँग सहकार्य गरेर निर्णय गर्नु उचित हुन्छ। साढेसाती दशाका कारण साथीहरुले तपाईंको कुरामा टिप्पणी गर्ने जोखिम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?