जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चलचित्र विकास बोर्डका ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट प्रदान

काठमाडौँ – चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट प्रदान गरेको छ । बोर्ड स्थापना भएको २५ वर्ष पूरा भएको उपलक्ष्यमा घोषणा गरिए अनुसार चलचित्र दर्ता, जाँच सिफारिस, घर इजाजत, चलचित्र महोत्सव आयोजना स्वीकृतिलगायतका ३३ प्रकारका सेवाका लागि अब कार्यालय जान नपर्ने भएको छ ।

यसका साथै बोर्डले ‘बक्सअफिस २ सिनेपा’ नामक ‘एप’ सञ्चालनमा ल्याएको छ । यस किसिमको नयाँ व्यवस्थासँगै कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएको र चलचित्रको व्यापारलाई पारदर्शी बनाएको अध्यक्ष दिनेश डिसीले बताए।

“हामीले नेपालभर रहेका एक सय ६६ चलचित्र भवनलाई बक्सअफिस एपमा जोडेका छौँ । यसले व्यापारलाई पारदर्शी बनाउँछ र निर्माता, वितरक एवं प्रदर्शकबीचको सम्बन्धलाई आगामी दिनमा अझै हार्दिकता र मित्रवत् बनाउँछ । अब चलचित्र भवनमा टिकट बिक्री हुने वित्तिकै त्यो जानकारी निर्माताले पाउनुहुनेछ । यसका साथै अनलाइन सेवाका कारण बोर्डमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । सामान्य सेवाहरू अनलाइन कै माध्यमले लिन सक्नुहुनेछ”, अध्यक्ष डिसीले भने ।

पदभार ग्रहण गरेदेखि नै योजनाबद्ध रुपमा सुरू गरिएको काम लगभग अन्त्यतिर पुगेको उल्लेख गर्दै उहाँले सूचना र प्रविधिको विकास एवं विस्तारसँगै चलचित्र क्षेत्रमा देखिएका समस्या समाधानका लागि योजनाबद्ध ढङ्गबाट समयसापेक्ष रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

बोर्डले आगामी आर्थिक वर्षदेखि क्षमता अभिवृद्धि, सिपमूलक कार्यमा चलचित्रसँग जोडिएका सङ्घ संस्थासँग सहकार्य गरेर काम गर्ने योजना रहेको पनि अध्यक्ष डिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?