जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एसीसी यु-१६ : फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा आज सिंगापुरसँग भिड्दै छ। फाइनल भिडन्त शनिबार बिहान ७:४५ बजे मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा सुरु हुनेछ।

साविक विजेता नेपाल उपाधि लक्ष्यका साथ मैदानमा हुनेछ। नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

सेमिफाइनलमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले मलेसियालाई ९० रनमा समेटेको थियो। जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

प्रतियोगितामा नेपाल अपराजित छ। समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।

समूह चरणको पहिलो भेटमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको नेपाल उपाधि उचाल्ने उच्च मनोबलका साथ मैदानमा हुनेछ। सिंगापुर भने प्रतियोगिताको पहिलो भेटको बदला फाइनलमा लिने दाउमा हुनेछ। प्रतियोगितामा नेपाल पराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार चाखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?