जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतको ऐतिहासिक प्रदर्शन, इङ्गल्यान्डमाथि ३३६ रनको शानदार जित

काठमाडौं- भारतले इङ्ग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट खेलमा शानदार प्रदर्शन गर्दै ३३६ रनको फराकिलो जित हासिल गरेको छ। यो जितसँगै पाँच खेलको शृङ्खला हाल १–१ को बराबरीमा पुगेको छ।

६०८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २७१ रनमै समेटिँदा, भारतको बलिङ आक्रमणको नेतृत्व गरेका आकाश दीप स्टार बने। उनले दोस्रो पारीमा ६ विकेट लिँदै विपक्षी पारी तहस–नहस पारेका हुन्। यसअघि पहिलो पारीमा उनले ४ विकेट लिएका थिए।

भारतले पहिलो पारीमा ५८७ रनको विशाल स्कोर बनाएको थियो भने इङ्ग्ल्यान्डलाई ४०७ रनमै रोकिएको थियो। त्यसपछि दोस्रो पारीमा भारतले ६ विकेटको क्षतिमा ४२७ रन बनाउँदै डिक्लेयर गरेको थियो।

इङ्ग्ल्यान्डका जेम स्मिथले ८८ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। कप्तान शुभमन गिल टेस्टमा प्रभावशाली रहे — उनले पहिलो पारीमा २६९ र दोस्रोमा १६१ रन बनाउँदै म्यान अफ द म्याच को उपाधि जिते।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?