जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आगामी सेप्टेम्बर ६ र ९ मा नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । आगामी सेप्टेम्बर ६ र ९ मा नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा विन्डो अन्तर्गतका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

नेपालले एएफसी एसियन कप २०२७ तेश्रो चरणको छनोट अन्तर्गत भियतनामसँगको खेलको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल एसियन कप छनोटको समूह ‘एफ’ मा रहेको छ । यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन् । तर, समूह चरणका दुई खेल खेलेको नेपालले दुवै खेल हार बेहोरेको छ ।

नेपाल मलेसियासँग २-० र लाओससँग २-१ ले पराजित भएको थियो । नेपाली टोलीले अब अक्टोबर ९ मा भियतनामको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?