जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

म्यानचेस्टर सिटीले एभर्टनलाई हरायो

काठमाडौँ– प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ ।

शनिबार भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा दुई गोल नै एर्लिङ हालान्डले गरे । चोटका कारण डिसेम्बर र जनवरी महिनामा मैदान बाहिर रहेका हालान्ड भर्खर मात्र टोलीमा फर्किएका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीका लागि हालान्डले ७१ औँ मिनेटमा गोल गरे । त्यस्तै ८५ औँ मिनेटमा केभिन डी ब्रुयनाको पासमा हालान्डले दोस्रो गोल गर्दै सिटीलाई २–० को गोल अन्तरले जिताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?