जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक

काठमाडौं– निर्देशक ऋषि लामिछानेको निर्देशनमा बनेको बहुप्रतीक्षित सिनेमा ‘माग्ने राजा’ को पहिलो गीत ‘त्यो मिठो जोवन’ मंगलबार सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यो गीतले दर्शकको उत्सुकता अझ बढाएको छ। गीतमा चर्चित संगीतकार दीपक शर्माको शब्द तथा संगीत छ भने स्वरमा रचना रिमाल र सविन सुवेदी को ऊर्जा मिसिएको छ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको यो डान्सिङ नम्बरको भिडियोमा मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र वर्षा शिवाकोटी आकर्षक नृत्यमा देखिएका छन्।

आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको सिनेमामा केदार र वर्षासँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र पवित्रा साकी (मिस पबी) को अभिनय रहेको छ। साथै, अभिनेता आर्यन सिग्देल पनि विशेष भूमिकामा देखिनेछन्।

सिनेमामा नरेन्द्र मैनाली को छायांकन, मित्र डी. गुरुङ को सम्पादन र सामीप्य राज तिमल्सेना द्वारा लेखिएको कथा, पटकथा तथा संवाद समावेश छ। संगीतमा दीपक शर्मा र बाबुल गिरी को सहकार्य रहेको छ।

निर्माता मधुसुदन शर्मा र प्रोडक्सन म्यानेजर यमप्रसाद वली रहेको यो सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ। गीतको उत्कृष्ट अडियो–भिडियो संयोजनले दर्शक तथा स्रोतामाझ उत्साह थपेको छ। ‘माग्ने राजा’ सिनेमाले नेपाली दर्शकमाझ नयाँ स्वाद ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?